(TDH Germany को सहयोगमा ICDC ले सञ्चालन गरेको 'पुनर्निर्माण तथा पुनर्स्थापना परियोजना' अन्तर्गत सल्यान्टारको खुङा समुदाय गरेको सहयोगका बारेमा स्थानीयवासी लाभग्राही रामकृष्ण दरैसँग गरिएको कुराकानी)
|
हजुरको परिचय बताई दिनुहोस् न ।
|
मेरो नाम रामकृष्ण दराई हो । म साविकको सल्यान्टार २, हाल त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ को खुवा गाउँमा २ छोरी १ छोरा र जीवनसंगीनी सहित ५ जनाको परिवारमा दुःखसुख बाँड्दै परिवारको गुजारा खेतीपातीबाट चलाईरहेको छु ।
|
तपाईंलाई दरै समाजका अगुवा पनि भनिन्छ । के कस्ता सामाजिक कार्य गर्दै आउनु भएको छ ?
|
मलाई समाजमा बसेर सामाजिक कामहरु गर्न निकै खुब आनन्द लाग्छ । म 'ठूलो पँधेरो खानेपानी उपभोक्ता समिति' को अध्यक्ष भएर पनि काम गर्दै आएको छु । साथै नेपाल दराई समाज धादिङको अध्यक्ष भएर सामाजिक, साँस्कृतिक क्षेत्रमा कार्य गरिरहेको छु ।
|
२०७२ साल बशाख १२ र १९ मा भुकम्प गयो, भुकम्पपछि समुदायको अवस्था कस्तो थियो ?
|
खै कसरी भनूँ, त्यति वेलाको कहालीलाग्दो क्षण सम्झिदा अझै पनि गाह्रो हुन्छ । हामीहरु सबैको घरधन्सारहरु सबै भत्किएको नजिकै ३ जना एकै घरका बाबु, आमा, छोरा भूकम्पमा आएको पहिरोका कारण पुरिएको, अलिअलि भएको अन्नपात सबै पुरिएको, वस्तुभाउ चौपायाहरु पनि पुरिएर दूर्गन्ध आएको एकदुई दिन त खानेकुराको अभावले गर्दा भोकभोकै पनि बस्न बाध्य भयौं ।
|
यस्तो अप्ठ्यारो अवस्थामा पनि यहाँहरुको धैर्यता नटुट्ने वातावरण कसरी सृजना भयो ?
|
यो मानव सिर्जित प्रकोप होईन, प्राकृतिक प्रकोप हो । यो कसैले चाहेर नभई नचाहँदा नचाहँदै आएको प्रलय हो । यस अप्ठ्यारो अवस्थाबाट पार पाउन सवैभन्दा मुल मन्त्र भनेको नै हाम्रो सामूहिक एकता र कार्यगत एकता हो । सबैले मिलेर अस्थाई टहरो बनाउने, पुरिएका अन्नपात, लत्ता कपडाहरु झिक्ने, खाने अन्नपातहरु एकले अर्कौलाई सहयोग गर्ने, केहि समयपछि सहयोग तथा राहत प्याकेजहरु समुदायमा आउन थाल्यो । हामीले त्यसलाई उचित रुपमा वितरण गर्यौं ।
|
टी.डी.एच. र आई. सी.डी.सी.-नेपालको सहयोगमा सञ्चालित 'पुनर्संरचना र पुनर्निर्माण परियोजना' को कार्यक्षेत्र छनौंट प्रकृयाको बारेमा यहाँलाई के थाहा छ ?
|
मिति २०७२ भदै २८ गतेका दिन साविवकको सल्यान्टार ८ शीतलबजारको महिला दिदीबहिनीहरुको भवनमा हामी गाविसका वडा संयोजक राजनीतिक दलका प्रतिनिधि साथै महिला सारोकारवाला बुद्धिजिवी सवैको बाक्लो उपस्थितिमा सवैको सल्लाह अनुसार हाम्रो खुवा गाउँ र कछार गाउँको १०२ घरधुरीलाई लाभान्वित हुनेगरी परियोजनाको कार्य क्षेत्र तोकियो । त्यतिवेला म अत्यान्त खुसी भएँ । आई सी.डी.सी.-नेपालले हाम्रो समुदायसँग हातेमालो गर्ने कुरामा ।
|
यस परियोजना मार्फत यहाँको समुदायले कस्तो-कस्तो अपेक्षा राख्नुभएको थियो ?
|
हाम्रो समुदाय अस्तव्यस्त अवस्थामा थियो । खानेपानीको समस्या, घर पुनर्निर्माणमा समस्या, लक्षितवर्ग महिला बालबालिकाहरुमा समस्या साथै आयआर्जन जीविकोपार्जन कार्य अस्तव्यस्त थियो। उल्लेखित कुराहरुमा सहयोगी हात बढाईदिनुभए हुन्थ्यो ।
|
हजुरले यी कुराहरु भनिरहँदा यी परियोजनासँग रहेर आई.सी.डी.सी.ले यहाँको समुदायमा कस्ता-कस्ता सहयोग पुर्यायो त ?
|
हो, हामीले हाम्रो समुदायले जे सहयोगको अपेक्षा राखेको थियो, त्यहि त्यहि कुरा आई.सी.डी.सी.ले दिलै खोलेर सहयोग गर्यो । घर पुनर्निर्माणको लागि आवश्यक सिमेन्ट, ईंट्टा जस्तापाता फलामेडण्डीको सहयोग, खाद्यान्न र पोषण सामग्रीहरु वितरण, सर्वोत्तत्तम पिठो पौष्टिक आहार, बालबालिकाहरुलाई न्यानो कपडा वितरण, ब्ल्याङ्केट वितरण, सरसफाईका सामग्रीहरु वितरण साथै तरकारी बालीका लागि उन्नत बीऊ वितरण साथै आयआर्जनका लागि महिला समूहहरुको सदस्यलाई बाख्रा वितरण, खानेपानी निर्माण तथा मर्मतबाट एकदमै सहयोग भएको थियो ।
|
संस्थाले गरेको सहयोगले के-कस्तो उपलव्धि भयो जस्तो लाग्छ ?
|
हामीलाई संस्थाले गरेको सहयोग धेरै भन्दा धेरै उपलव्धि भएको छ । पुनर्निर्माण सामग्री प्रयोग गरेर घर निर्माण गरिएका छन् । ९२ घरधुरी स्वच्छ खानेपानी सुविधाबाट लाभान्वित भएका छन् । खाद्यान्न तथा पोषण सहयोगबाट कुपोषित हुनबाट बालबालिकाहरु जोगिएका छन् । गर्भवती महिला बृद्धबृद्धाहरुको लागि उपयोगी भएका छन् । अन्य स्वास्थ्य सामग्रीको सहयोगले स्वस्थ्यकर जीवन यापन गर्न सहजता थपेको छ । समुदायमा स्वास्थ्यशिविर सञ्चालनले समुदायमा पहुँचविहिन मानिसहरु, बृद्धबृद्धा, मानसिक समस्याको सेवाग्राहीहरुले घरदैलोमा नि:शूल्क स्वास्थ्यसेवा पाएका छन् । समुदाय नजिकको विद्यालयमा गरेको सहयोगको कार्यले विद्यालयको शैक्षिक गुणस्तरको सुधार साथै बालमैत्री बातावरण सृजना भएको छ ।
|
अन्त्यमा संस्थाको लागि यहाँको अमुल्य सुझाव केहि छन् कि ?
|
'आई.सी.डी.सी.-नेपाल' ले हाम्रो समुदायमा आएर धेरै कुराहरुमा सहयोग गर्नुभएको छ । हामी अप्ठ्यारो अवस्थामा निकै कष्टकर रुपमा गुज्रिरहँदा हामीलाई सहयोग गर्नुभयो संस्थाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।
|