नयाँ प्रविधिले तरकारी खेतिमा वृद्धिका साथसाथै थप आर्थिक उपार्जन भएको छ ।

(UNDP/IMC को सहयोगमा ICDC ले सामुदयिक संरचना तथा जिविकोपार्जन सहयोग परियोजना अन्तर्गत जिविकोवपार्जन सहयोग पाएका साविकको चैनपुर ८ निवासी प्रविन शाक्य संग गरिएको कुराकानी)

तपाईकोे परिचय दिनुहोस् न ।
मेरो नाम प्रबिन शाक्य हो । मेरो घर साविकको चैनपुर ८ मा छ । मेरो परिवारमा बुवा, आमा, श्रीमति र दुईवटा छोरा गरी ६ जना छौं । म ५ वर्ष कोरियामा काम गरेर फर्केको हो । मेरो अवस्था सुदृढ नभएको हुनाले बैदेशिक रोजगारमा जानै पर्ने अवस्था पछि कोरिया गएँ । ५ वर्षको बसाईमा मलाई कृषि सम्बन्धि धेरै कुराहरु सिक्ने अबसर पनि प्राप्त भयो । अहिले म यहाँ पनि कृषि पेशामा संलग्न छु ।

तपाँईको यो ठाउँमा कृषिकोे अवस्था के छ?
यहाँको कृषि पुरै परम्परागत शैलिमा चलेको छ र हाम्रो उत्पादन हाम्रो लागि पनि पर्याप्त छैन । हामीले खाने खाना र तरकारी पनी छुट्टै किन्नु पर्ने अवस्था छ । हामि हाम्रो लागि आफैले उत्पादन गरेर जीविका गुजारा गर्न समस्या छ । हामिकोमा धान, मकै, गहुँ, र तरकारी बालि आफै उत्पादान गर्ने चलन छ । मुद्दा सवाल र चुनौती भनेको कृषिमा व्यवसायिकरण हो । जुन बिषयमा म पहिले अनबिज्ञ नै थिएँ ।

तपाँईलाई आई सि डि सि संस्थाले के कस्ता सहयोग गरेको छ ?
आई सि डि सि संस्थाले चाहिँ हामिलाई सिंचाई कुलो मर्मत र टनेलको लागि प्लास्टिक सहयोग गरेको छ । कुलो निर्माण पछि दैनिक कुलो निर्माणको लागि भनेर धाउनु पर्ने बाध्यता हटेको छ । पहिरोले सधैँ बिगार्ने कुलोबाट अहिले ढुक्कसंग सिंचाई भईरहेको छ । केही संख्यामा मात्र रहेको टनेल पनि केहि बढी भएको छ । अहिले हामी सबै सदस्यहरु टनेलमा तरकारी उत्पादन गर्दै छौँ ।

तपााँइलाई अन्य कुनै संस्थाहरुबाट सहयोग प्राप्त भएको छ?
ICDC को समन्वयमा जिल्ला कृषि कार्यालय धादिङबाट प्राप्त सहयोगले एक नर्सरी फार्म बनाएको छु । हाईब्रिड जातका बिरुवाहरुको नर्सरीबाट बिरुवा उत्पदन गरेर समुहका सदस्यहरुलाई वितरण गरेको छु । केहि आम्दानी पनि हुन्छ ।
ति सहयोगले के कस्ता परिवर्तन महशुस गर्नु भएको छ ?
धेरै कुराहरु परिवर्तन भएका छन् । कृषिमा पनि आधुनिकिकरण भएको छ, टनेल खेतीको शुरुवात भएको छ, थोपा सिंचाई प्रणालीको शुरुवात भएको छ। उत्पादनमा उल्लेख्य बृद्घि भएको छ। नयाँ प्रविधिले तरकारी खेतिमा वृद्धिका साथसाथै आर्थिक उपार्जन भएको छ ।

तपाईले कुन कुन तरकारी उत्पादन गर्नु हुन्छ?
मरो टनेलमा गोलभेडा, काउली, बन्दागोभी, प्याज, आलु र अन्य तरकारीहरु पनि लगाएको छु ।
तपाँईको आम्दानी कति हुन्छ?
बजार भाउमा फरक पर्छ। एक टनेलबाट झण्डै दश हजार हुन्छ । महिनाको रु चालिस हजार सम्म आम्दानी हुन्छ । मेरो परिवार यसैवाट चलेको छ ।
पहिलेको तुलनामा अहिले कति सन्तुष्ट हुनुहुन्छ?
आफ्नो देश छोडेर विदेशमा गएर कष्टकर काम गर्नु भन्दा आफ्नै गाउँमा परिवार संग हाँसी खुशी जिवन चलाउन पाइएको छ । खुशि नै छु । क्रृण खासै छैन तर पनि बालीमा समय समयमा लाग्ने रोगको उपचार समयमा गर्न नसक्नु उपयुक्त वाटो घाटो र बजारीकरण को समस्या छ ।

तपाँर्ईको तर्फबाट आई सि डि सि संस्थालाई के भन्नु हुन्छ?
आफ्नो चाहाना अनुसारको योजनामा सहयोग गर्नु भएकोमा संस्थालाई धेरै धेरै धन्यवाद । यस्ता कार्यक्रमहरु नियमित रुपमा संचालन गरिनु पर्छ । अझ तरकारी खेति संबन्धी थप तालिम र बजारीकरण संबन्धी विकास गर्न सके यस क्षेत्रमा लाग्न सबैलाई प्रेरणा मिल्छ । आगामि दिनमा पनि यस्ता कार्यक्रमहरुले हामी जस्ता केहि गर्न खोज्ने किसानहरुलाई सहयोग गर्नुहोला । धन्यवाद ।

Latest News

Request for Proposal

TOR for baseline study_P8003

Latest Notices

SAPANAS’ DREAM TO BUY A MOBILE PHONE HAS BECOME TRUE

THE WORKMEN ARE ADMIRING THE TOOLS